Comments Add Comment

जोर्डन एशियन कपको सेमिफाइनलमा

काठमाडौं, २० माघ । जोर्डन एशियन कपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा जोर्डनले ताजिस्किस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जोर्डनको जितमा खेलको ६६औ मिनेटमा ताजिकिस्तानका भाख्दत खानोनोभले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब जोर्डनले सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै हारसँगै ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।    

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ