Comments Add Comment

पाँचथरमा ढुंगाले लागेर एकको मृत्यु

पाँचथरमा जेसिबीले पहाड कोट्याउने क्रममा ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ।

आइतबार बिहान साढे १० बजे याङवरक गाउँपालिका-३ सामाखुस्थित इङ्वा हाइड्रोपावरको जेसिबीले बाटो निर्माण गर्न पहाड कोट्याइरहँदा ढुंगा झरेको हो। उक्त ढुंगाले लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ। 

बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका-८ बस्ने ३३ वर्षीय लालबहादुर थारूको मृत्यु भएको हो। 

ढुंगाले लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि पाँचथर अस्पतालमा लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। 

उनी सोही हाइड्रोपावरमा काम गरिरहेका कामदार थिए। 

प्रहरीले अपरेटरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ