Comments Add Comment

विश्व इतिहासमा आजः स्पेनका प्रधानमन्त्रीको हत्यादेखि चीनलाई मकाउ हस्तान्तरण

आज २० डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना
चीनलाई मकाउ हस्तान्तरण
सन् १९९९ मा मकाउमाथिको सार्वभौमसत्ता पोर्चुगलले चीनलाई हस्तान्तरण गरेको थियो । चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई  १६औं शताब्दीको मध्यदेखि सन् १९९९ सम्म शासन गरेर पोर्चुगलले आजकै दिन अर्थात २० डिसेम्बरमा बेइजिङलाई हस्तान्तरण गरेको थियो । मकाउको आफ्नै न्याय प्रणाली र मौद्रिक तथा आप्रवासी नीति छ ।

पानामामाथि अमेरिकाको आक्रमण
सन् १९८९ मा अमेरिकाले पानामाथि अतिक्रमण सुरु गरेको थियो । अपरेसन जस्ट कज नाम दिइएको सो अतिक्रमण तत्कालीन राष्ट्रपति जर्ज एचडब्लू बुसको शासन कालमा भएको थियो । सन् १९९० को ३१ जनवरीमा अतिक्रमण समाप्त भएको थियो ।

स्पेनका प्रधानमन्त्रीको हत्या
सन् १९७३ मा स्पेनका प्रधानमन्त्री क्यारेरो ब्लान्कोको हत्या भएको थियो । ब्लान्कोलाई बिखन्डनकारी समूह इयुस्कादी ता अकस्तासुनाका कार्यकताले हत्या गरेका थिए ।

अमेरिकी सेनालाई अन्तरिक्षमा फौज स्थापना गर्ने ढोका खुला
सन २०१९ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल डिफेन्स अथराइजेसन एक्टमा हस्ताक्षर गरेका थिए । सो विधेकमा हस्ताक्षर गरेसँगै अमेरिकालाई अन्तरिक्षमा आफ्नो फौज गठन गर्ने ढोका खुलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ