Comments Add Comment

स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले गठबन्धन नगर्ने

पदम सुखी सम्बाहाम्फे

पाँचथर-  कुम्मायक गाउँपालिकामा नेपाली काङ्ग्रेस वडा स्तरीय बधाई तथा शुभकामना एवं भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ । गाउँपालिकाका पाँचवटै वडाहरुमा संचालित सो कार्यक्रममा क्षेत्रीय समितिको १४ महाधिवेशनमा निर्बाचित पार्टी कार्यकर्तालाई सम्मान पत्र र मायाको चिनो बितरण गरिएको नेपाली काङ्ग्रेस प्रदेश न, १ ख का क्षेत्रीय सभापति मैयाँ श्रेष्ठ लावतिले बताउनुभएको छ । गाउँपालिकाको केन्द्र यासोकमा भएको एक समारोहमा आगामी हुने स्थानीय निर्वाचन लाई लक्षित गरि यो अभियान चलाइरहेको लावतिको भनाइ रहेको छ ।

बिगतका दिनहरूमा पार्टी भित्र घात अन्तरघात जस्ता कार्यहरु भएकोले अहिलेसम्म नेपाली काङ्ग्रेस बिजय हुन नसकेको तितो यथार्थ स्मरण गर्दै अब आउने चुनावमा एक भइ एमालेको भ्रष्टाचार नीति र व्यबहारलाई परास्त गर्नु पर्ने समारोहमा कुरा उठेको थियो । हिजोका गठबन्धन र अब गर्नु पर्ने गठबन्धनमा ध्यान पुर्याएर पार्टीको नीति र सिद्धान्तलाई अघि बढाउन सकिने बताइएको छ । अब हुने स्थानीय निर्वाचनमा कुनै पार्टी सङ्ग गठबन्धन नगर्ने कुरा नेपाली काङ्ग्रेस पार्टी सभापति दुर्गा बम्जनको भनाइ थियो । सो कार्यक्रममा क्षेत्रीय प्रतिनिधि चन्द्र प्रसाद निरौला, वडा सभापति लैनबहादुर तामाङ महाधिवेशन प्रतिनिधि गोपालप्रसाद पोखरेल क्षेत्रीय सदस्य सुर्यकुमारी चेम्जोङ, जिल्ला सदस्य मनकुमारी शेर्मा लावती साथै क्षेत्रीय प्रतिनिधि टङ्क पौडेल, तुलसी निरौला लगायतको सहभागिता रहेको सो कार्यक्रममा आआफ्नो धारण व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ