Comments Add Comment

फेरि भेटौला कार्यक्रममा कुम्मायक गाउपालिकाका दुई कर्मचारीको बिदाई

 

पदम सुखि सम्बाहाम्फे

पाँचथर- कुम्मायक गाउपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी र लेखा शाखा प्रमुख अनिल दुलालको मंगलबार साझ बिदाई भएको छ । गाउपालिकाको कार्यलयमा आयोजित फेरि भेटौला बिदाई कार्यक्रममा लामो समय सम्म कुशल काम गरेका प्रमुख प्रशासकीय अधिकृत अधिकारी र दुलालको बिदाई भएको हो ।

सरुवा एउटा नियमित नियम नै भएपनी अधिकारी र दुलालको बिदाइले कुम्मायक गाउपालिकालाई अपुरणिय असहज महसुस भएको गाउपालिका उपाध्यक्ष सीता आचार्यले बताउनु भयो । जतिसुकै अप्ठ्यारा परिस्थितिमा पनि कार्यलयको प्रशासनिक फाट जिम्मेवार पूर्वक हाक्नु भएको थियो भन्दै अधिकारीको प्रशसा गरिएको थियो । गाउपालिकाको अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा भएको फेरि भेटौला बिदाई समारोहमा शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङ लगायत कार्यालयका कर्मचारी वडाका वडा अध्यक्षहरु साथै कार्यपालिका सदस्य र संचारकर्मिहरुको उपस्थिति रहेकोे थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ