Comments Add Comment

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

काठमाडौं, ११ पुस

महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन्। 

सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ। महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् । 


निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) नियुक्त गरेका थिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ