२०७८ चैत्र २ गते
पाँचथर- उदयपुरको बेलका नगरपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ ।आज बिहान पौने ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका- ३ कि ७६ बर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो।
मोटरसाईकल र चालक त्रियुगा नगरपालिका-७ का २० बर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत/प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी गराउनुभएको छ ।
.png)