Comments Add Comment

फाल्गुनन्दमा स्वास्थ्य क्षेत्रका लागि सामाजिक परीक्षण तथा अनुशरण कार्यक्रम सम्पन्न

दिपक दुलाल,पौष १७
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा स्वास्थ्य क्षेत्रका लागि सामाजिक परीक्षण तथा अनुशरण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को पौष १५ गते सम्म स्वास्थ्य चौकी नवमीडाँडाबाट प्रदान गरिएका सेवाहरु,व्यवस्थापकिय पक्षहरु तथा आर्थिक,भौतिक तथा समग्र अवस्थाको सकारात्मक र सुधारात्मक पक्षको बारेमा छलफल गरिएको थियो । 

सामाजिक परीक्षण कार्यक्रममा उठेका सवालहरुको सकारात्मक पक्ष र सुधारात्मक पक्षका बारेमा कार्ययोजना बनाइ निश्चित समयअवधिमा जिम्मेवार निकाय,सरोकारवाला तथा व्यक्तिगत रुपमा पनि अझ सुधार गर्दै लैजान सहयोग पु¥याउँने निर्णय समेत पारित गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे,विशेष अतिथि पालिका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,जिल्ला  स्वास्थ्य कार्यालय पाँचथरका परिवार नियोजन अधिकृत राजेश मिश्र,सिद्धदेवी माविका प्रधानाध्यापक विरेन्द्र कुमार खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जननिर्वाचित प्रतिनिधीहरु,संघसंस्थाका प्रतिनिधीहरु,आमा समूहका प्रतिनिधीहरु,महिला स्वास्थ्य स्वयमसेविकाहरु,विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु,समाजसेवी,बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।


फाल्गुनन्द गाउँपालिकाको वित्तिय सहयोगमा पाथीभरा परामर्श सेवा केन्द्र फिदिम पाँचथरले आयोजना गरेको कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सहजीकरण पाथीभरा परामर्श सेवाकेन्द्र पाँचथरका सामाजिक परीक्षण कार्यक्रमका सहजकर्ता उमेश कुमार नेपालीले गर्नुभएको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ