Comments Add Comment

नगरपालिका द्धारा किसान र अपांग नागरिकलाई सामग्री वितरण


पाँचथर—पाँचथरको फिदिम नगरपालिकाले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उदेश्यले पशुपालक किसानलाई कृषि सामग्री बितरण गरेको छ । नगरपालिकाले गत आइतवारदेखि अनुदानका सामाग्री बितरण सुरु गरेको हो । 

किसानका लागि ८३ थान चापकटर मेशिन मध्ये नगरपालिकाले किसान र अपांगता भएका नागरिकलाई सामग्री वितरण चापकटर र ह्वीलचेयर सामग्री बितरण गरेको नगरप्रमुख मित्र प्रसाद काफ्लेले बताए । 

आर्थिक वर्ष २०७८।०७९ मा नगरपालिकाले खरिद गरेको पशुपालक किसानलाई ८३ थान चापकटर वितरण गर्ने लक्ष राखेको थियो । जस मध्ये पहिलो चरणमा फिदिम— ११ का ३ जना, १२ का  ११ थान मोटर सहित १४ थान चापकटर मेसिन वितरण गरेको हो ।

यसै वीच फिदिम  ११ र १२ का अपाङगता भएका नागरिकका लागि ३ थान ह्वील चेयर, ५ थान कम्बोड चेयर, ३ जोडी बैसाखी र ३ थान लठ्ठी वितरण गरिएको नगरप्रमुख काफ्लेको भनाइ छ ।   किसान र अपांगलाई आवश्यक पर्ने औजार र साहयक सामग्री नगर प्रमूख मित्रप्रसाद काफ्लेले वितरण गरेको थिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ