Comments Add Comment

दृष्टि फर्कदा छमछमी नाचे दावा

पॉचथर—पॉचथरको फिदिम नगरपालिका १३ का दावा लामा उमेरले ७३ वर्ष पुगे । अस्पतालछेउको बेन्चमा बसेका उहॉको ऑखामा शल्यकृयापछि पट्टी बानीएको थियो । मौन अवस्थामा बस्नु भएका उहॉको ऑखाको पट्टी खोलीयो । हत्तपत्त हातमा बोकेको पुर्जामा उनको ध्यान गयो । पुर्जामा लेखिएको अक्षर पढ्न थालेपछि सबैको ध्यान खिच्यो । त्यतिकैमा चिकित्सकले ‘मलाई देख्नु भयो बुवा’ भन्दै प्रश्न गरे ? चिकिसत्कको प्रस्न नसकिदै उहााले भनिहाल्नु भयो, देखिन्छ तपाइले कालो लुगा लगाउनु भा’छ, हातमा क्यामेरा छ । अर्को मान्छेले कोट लगाउनु भा’छ ।’ उहॉको खुसी यतिकैमा सिमित भएन् । कसैको प्रभाह नगरी उहॉ “झम्के फुली कानैमा...” भन्दै गीत गाउदै छमछमी नाच्न थाल्नुभयो । उहॉको नाचले सबैको ध्यान केन्द्रित गरिरहेको थियो ।
दावा मात्रै होईन फिदिम—४ गडीका राम तुलसी नेम्वाङको खुसी पनि कम थिएन् । छेउकै साथी छमछमी नाच्दा ताली पड्काउदै साथ दिइरहनु भएको थियो । राम्रो संग देख्न नसक्ने उहॉ परिवारका सदस्यको साहारामा पुग्नु भएको थियो । नजिक र टाढाको दृश्य ठम्याउन मुस्कील पर्ने उहॉलाई बोलीबाटै मान्छे चिन्नु पर्ने अवस्था थियो । लामो समयदेखि यस्तै पीडा भोग्दै आएका नेम्वाङको लागि आाखा शिविर बरदान सावित भयो ।

 फिदिम नगरपालिकाले शिविर संचालन गर्न चालु आर्थिक वर्ष २०७८—०७९ मा ५ लाख ९८ हजार बजेट बिनियोजन गरेको थियो । सोही रकमबाट मेची आाखा अस्पताल झापाको प्राविधिक सहयोगमा जनसेवा समाज पााचथरले आाखा शिविर संचालन गरेको थियो । शिविरमा दावा र नेम्वाङ जस्तै २ सय १८ जनाले आाखाको दृष्टि पाए । त्यस्तै १ हजार ४ सय ५७ जनाले आाखा जााच र औषधी उपचार पाएका थिए । चार दिन सम्म संचालन भएको शिविरबाट प्रत्यक्ष वा अप्रत्यक्ष गरी १ हजार ६ सय ७५ जनाले सेवा पाएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले दिनुभयो । शिविर सञ्चालनको अवधिमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठुलो सहयोग गरेको अधिकारीको भनाइ छ ।

आखाको शल्यकृया गर्न झापा, मोरङ र सुनसरीका अस्पतालमा पुग्ने नागरिकलाई नगरपालिकामै शल्यकृया सहितको ऑखा शिविर संचालन गरेको फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्वाङले बताउनुभयो । ऑखाको उपचार गर्न सदरमुकाम बाहिर जॉदा ठुलो धनरासी खर्च हुन्थो । हामीले नगरपालिका भित्र रहेका ऑखाको रोगीहरुलाई निशुल्क सेवा दिएका छौ् नगर प्रमुख नेम्वाङको भनाइ छ ।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ