२०७८ चैत्र ०६ गते
पाँचथर- यही चैत्र ४ गते सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका-६ का १८ बर्षीय प्रेम कुमार पाण्डे मृत फेला परेका छन् । चैत्र ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खोजतलासको लागी प्रहरी टोली खटि गएको थियो । प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला पारेको हो । मृत फेला पारेसंगै शव परिक्षणको लागि अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
.png)