Comments Add Comment

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सर्थक पार्न नागरिक आरोग्य कार्यक्रम

दिपक दुलाल,पौष २५
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा नागरिक आरोग्य  कार्यक्रम तथा वडास्तरमा नागरिक आरोग्य समूह गठन कार्यक्रम आज सम्पन्न भएको छ ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सर्थक पार्न आम नागरिकलाई शारीरिक, मानसिक र अध्यात्मिक रुपमा स्वस्थ एवम सबल बनाई विश्वव्यापी रुपमा फैलिदै गएको सर्ने तथा नसर्ने रोगको प्रकोपलाई न्यूनिकरण गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्वस्थ जीवनशैलि,योगासन,प्रणयाम,ध्यान,सकारात्मक जीवनशैलि,स्थानीय जडिबुटीको परिचय, प्रयोग, रोपण एवम संरक्षण साथै आयुर्वेद स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा लगायतका विषयमा छलफल भएको थियो ।
फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा फाक्तेप पाँचथरले आयोजना गरेको कार्यक्रममा वडाका जननिर्वाचित प्रतिनिधीहरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,संघसंस्थाका प्रतिनिधीहरु,महिला स्वास्थ्य स्यमसेविकाहरु,आमासमूहका                 पदाधिकारीहरु, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी लगायत ३५ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको सहजीकरण फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमूख बरिष्ठ कविराज निरिक्षक राजु पराजुली, बरिष्ठ कविराज निरीक्षक राम कृपाल यादव, बरिष्ठ बैद्यहरु राजकुमार श्रेष्ठ र प्रमोद कुमार यादवले गर्नुभएको थियो ।
फाल्गुनन्द १,नवमीडाँडाको वडाकार्यालयको सभाभवनमा सम्पन्न कार्यक्रम फाल्गुनन्द १,का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा  सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ