कुमार खड्का
यासोक- पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार क्षेत्रको फुटपाथमा दर्ता नगरी बाहिरबाट आएर व्याबसाय नगर्न आग्रह गरिएको छ। पाँचथर उद्योग वाणिज्य संघ शाखा यासोकले परिपत्र गर्दै यस्तो आग्रह गरेको हो ।
स्थानिय ब्यापारीले तिर्ने कर र नियम पुरा गर्नुपर्ने पत्रमा भनिएको छ । यस अघि पनि पटक,पटक पत्राचार गरेको पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ “तपाईहरुलाई पाँचथर उद्योग वाणिज्य संघ शाखा यासोकले पहिला पनि पत्राचार गरेको अवगतै होला । तपाइहरुलाई बिना दर्ता यस ठाउँमा ब्यावसाय नगर्न आग्रह गर्दागर्दै अटेर गरि फेरीपनि ब्यावसाय संचालन गर्न आउनु भएको हुदाँ नेपाल सरकार र उद्योग वाणिज्य संघको नियम विपरीत आईन्दा यासोक बजार बाहिरबाट ब्यावसाय गर्न नआउनहुन अनुरोध छ । यो पत्रको वेवास्ता गरी आउनु भएमा स्थानिय ब्यापारीले तिर्ने नियम पुरा गर्नुपर्ने छ”

यासोक बजार हटियाको दिन कुम्मायक गाउँपालिका बाहिरबाट कपडा, जुत्ता लगायतका पसल लिएर आउनेको संख्या बढ्दै गएको र करको दायारामा नआई पसल सञ्चालन गर्नाले यासोक बजारमा व्यवसाय गर्दै आएका कपडा, जुत्ता लगायतका व्यवसायीहरु आफु मारमा परेको भन्दै वाणिज्य संघलाई जानकारी गराएपछी वाणिज्य संघ शाखा यासोकले सो निर्णय गरेको थियो ।
यासोक बजारका स्थानीय ब्यापारीहरु जति नियममा बाधिएका छन, त्यति नियममा बाधिएर बाहिरबाट पनि आएर ब्यावसाय गर्न पाउने तर करको दायारामा नआई फुटपाथमा व्यवसाय गर्न नपाईने पाँचथर उद्योग वाणिज्य संघ शाखा यासोकका अध्यक्ष गोपाल पोखरेल जानकारी दिनुभयो ।
एता कुम्मायक गाउँपलिकाका अध्यक्ष बम प्रसाद लावतीले वाणिज्य संघको पत्र पालिकामा आएको जानकारी गराउदै बैठक बसेर कस्तो निस्कर्ष निस्किन्छ त्यस पछि मात्र अघि बढ्ने बताउनु भयो ।
.png)