Comments Add Comment

कुम्मायकका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत


पॉचथर—पॉचथरको कुम्मायक गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुवेदीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । बिहिवार गाउपालिकामा कार्यालय प्रमुखको रुपमा आउनु भएका सुवेदीलाई जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका हुन । त्यस्तै लेखा शाखा प्रमुख सन्तोष राईलाई पनि स्वागत गरिएको छ । 

गत फागुन १० गते एकै पटक प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी र लेखा शाखाका प्रमुख अनिल दुलाल सरुवा भएका थिए । एक महिनापछि सुवेदी र राईको स्वागत गरिएको हो । सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गाउ‘पालिकाको कार्यलयमा आउनु भएको हो । भने राई जिल्ला समन्वय समितिको कार्यालयबाट आउनु भएको हो । 

स्वागत समारोहमा सुवेदीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सकुशल रुपमा बहन गर्ने बताउनुभयो । उहॉले जनप्रतिनिधि र कर्मचारीसंग समन्वय गरेर नागरिकको सेवामा निरन्तर खट्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ्ग उपाध्यक्ष सीता आचार्य, कुम्मायक-१ वडाअध्यक्ष देबेन्द्रकुमार लावती, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ