Comments Add Comment

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

२०७८ चैत्र १७ गते 

पाँचथर- सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ बर्षका चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षकी श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले सामान्य बादबिबादको क्रममा रीसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेको सोही कारणले राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालयले बिश्व सञ्चारडटकम अनलाईन खबरलाई जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ