पाँचथर–पॉचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक-कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा संगम एफसी(FC) सुनसरी र के-के एफसी (KKFC) झापा भिढ्ने भएका छन । आज दिउसो पृथ्वी मा.विको खेलमैदानमा दिउसो २ः३० बजे हुने प्रतियोगितामा दुई टीम बीच रोचक प्रतिस्प्रधा हुन लागेको हो ।
दुबै टीमले अन्तराष्ट्रिय स्तरका खेलाडी मैदानमा उतार्ने भएका छन । जस्ले गर्दा खेल रोचक हुने आयोजकको अनुमान छ । प्रतियोगिताको बिजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंया प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयॉ र बिधागततर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंया प्रदान गर्ने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जानकारी दिनुभयो ।


.png)