Comments Add Comment

कुम्मायकमा विद्युत अनियमित : खानेपानीको हाहाकार, सरोकारवाला मौन

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा खानेपानीको हाहाकार मच्चिएको छ । पटक-पटकको विद्युत अवरुद्ध हुदाँ खानेपानीको हाहाकार मच्चिएको हो । गत पाँच दिनदेखि विद्युत अनियमित हुदाँ गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजना प्रभावित भएको छ । जस्का कारण गाउँपालिकाको केन्द्र यासोक बजार र ग्रामिण क्षेत्रमा खानेपानीको समस्या चुलिएको हो।

 
गाउँपालिकामा लाग्ने ऐतिहासिक त्रिशाली मेला र पूजामा सहभागी हुने आन्तरिक र बाह्य पर्यटकको भीडभाड बढेको छ । तर खानेपानीको चरम अभावले होटल व्यवसायीहरु मारमा परेका छन् । बजारको होटल मात्रै होइन गाउँमा पनि पूजा र मेलामा सहभागी हुन आएका आन्तरिक र बाह्य पर्यटकले खानेपानीको समस्या भोग्दै आएका छन् । 
अनियमित विद्युत सुचारु गर्न र खानेपानीको बैकल्पिक व्यवस्थापमा सरोकारवाला पक्ष मौन देखिएको छ । खानेपानीको संकट टार्न यासोक देउराली खानेपानी योजना सञ्चालनमा आएको छैन् । बिगत लामो समयदेखि खानेपानी योजना अलपत्र छ । त्यस्तै बजारमा सञ्चालन भएको डिप बोरिङ खानेपानी योजना विद्युतकै कारण सञ्चालनमा आएको छैन् । गाउँपालिकाको ट्याङकरले खानेपानीको बितरण गर्दै आएको छ । तर त्यो प्रयाप्त नहुदा हाहाकार मच्चिएको हो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ