Comments Add Comment

हत्या अभियोग लागेका संसद बैठकमा उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उनले उनीहरुको उपस्थितिमा सभामुखख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेरमात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरे । 

जारी बैठकले सभामुख चयन गर्दै छ । सभामुख पदमा  देवराज घिमिरे र ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ