रमेश थापा
पाँचथर—पाँचथरको फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलवभत्ता बापतको सुविधा विद्यालयलाइ बुझाएका छन । फिदिम नगरपालिकाका विपन्न, अशक्त र असाहयलाई सहयोग गर्ने उदेश्यले अभियान शुरुवात गरेका छन ।
उनले पहिलो चरणमा नगरपालिकाबाट पाएको सुविधा बापतको रकम फिदिम ४ स्थित जागृति आ.वि.लाइ सहयोग गरेका हुन । आवासिय विद्यालयका विद्यार्थीहरुलाई लुगा धुने वासिङ मेसिन खरिद गर्न उनले आफ्नो सुविधा बापतको ३५ हजार रुपैयाा रकम प्रदान गरेका हुन । विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद लुईटेल लाई ३५ हजारको चेक हस्तान्तरण गरेका थिए ।
यस्तै, फिदिमका यूवाहरु द्धारा स्थापना गरिएको हेल्प टुगेदर फाउण्डेशन अन्तर्गत संचालनमा रहेको हुनेले दिने,नहुनेले लिने अभियानलाई ३५ हजार रुपैया रकम हस्तान्तरण गरी सो अभियानमा सहयोग गरेका छन् ।
काफ्लेले आफुले पाउने तलवभत्ता लगायतका सेवा सुविधाको रकम बाट नगरपालिकाका १४ वटै वडामा आवश्यकता अनुसार विपन्न, अशक्त, असाहय ब्यक्तिका परिवारलाई सहयोग गर्दे जाने प्रतिवद्धता समेत जनाएका छन ।
.png)