यासोक–पॉचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक-कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा आयोजक सयपत्री क्लब फाइनलमा प्रवेस गरेको छ । शनिवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको सेमिफाइनल खेलमा खेवाङ फुड्वल क्लव ताप्लेजुङलाई २—७ गोलको फराकिलो अन्तरले हराउदै आयोजक फाइनलमा प्रवेस गरेको हो ।
.jpg)
खेलको शुरुवाती समयमा ताप्लेजुङका लागि मनिस थापाले गोल गरेका थिए । लगतै दबावमा परेको आयोजकको तर्फबाट पहिलो चरणको खेलमा विकास राईले गोल फर्काउदै बराबरीमा रोके ।

दोस्रो चरण खेल अवधिभर आयोजक हावी भयो । आयोजकको तर्फबाट क्रमश: खमिर लिम्बू, बुद्ध चेम्जोङ, आसिस चापागाई, विक्रम राईले ७ गोलको अग्रता दिलाएका थिए भने ताप्लेजुङको तर्फबाट खेलको अन्तिम चरणमा शुसिल राईले गोल गर्दै २ गोलको अग्रता दिलाएका थिए । खेलको म्यान अफ् दि म्याच आयोजकका खमिर लिम्बू घोषित हुदैे नगद पॉच हजार हात पारे ।
प्रतियोगिताको बिजेता टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंया प्राप्त गर्नेछ । आइतवार हुने फाइनल खेल आयोजक सयपत्री क्लव रातो र संगम फुड्वल क्लब सुनसरी बीच हुने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जानकारी दिनुभयो ।

.png)