Comments Add Comment

न्यू सृष्टि दैनिकको १२औँ वार्षिकोत्सवमा विभिन्न महानुभवाहरु सम्मानित

मोरङ, ६ माघ 

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार यस क्षेत्रका जनताको आफ्नो सरकार भएको बताउनुभएको छ । न्यू सृष्टि दैनिकको १२औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकार भनेको जनताको भएको प्रष्ट पार्दै नेपालको संविधानले प्रत्याभूति गरेको अधिकार यहाँबाट प्राप्त गर्न सकिने विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले विगतको सरकारले केही कारणले मन्त्रालय वृद्धि गरेकोमा सङ्घीयताप्रति नै जनताले आलोचना गर्न थालेकोमा दुःख व्यक्त गर्दै सरकारका कमीकमजोरी सुधार गर्दै प्रदेशमा नौ मन्त्रालय बनाएको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले यही वर्षदेखि प्रदेशको संरचना यहाँ निर्माण हुने भएकोले विराटनगरबाट राजधानी दायाबाँया नहुने कुरामा ढुक्क हुन आग्रह गर्नु भयो ।

उहाँले राजनीतिक दलको सहमतीमा अथवा विधि तथा प्रक्रियाबाट प्रदेशको पहिचान झल्कने गरी नामाकारण गरिने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । प्रदेशका मन्त्री जीवन आचार्यले आफ्नो कारणले प्रदेशका जनताको शिर झुक्न नदिने प्रण गर्दै सबैको सहकार्यबाट प्रदेशको जनताको समृद्धिमा लाग्ने विचार व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यस क्षेत्रको धार्मिक तथा प्राकृतिक पर्यटन र नगरको सुव्यवस्थित विकासका लागि जनप्रतिनिधिलाई स्वस्थ आलोचना एवं सुझाव दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सो अवसरमा मुलुकको विकासका लागि महत्वपूर्र्ण योगदान पु¥याउने महिला सञ्चारकर्मीबाट कृष्णा ताम्राकार, सौन्दर्यमा न्यान्सी खडका, चलचित्रबाट भुवन चन्द, कलाबाट निकीता पौडेल, पर्यटनतर्फ सगरमाथा आरोही माया शेर्पा, अभिनयतर्फ स्वस्तिमा खड्का, समाजसेवातर्फ रचना राठी, राजनीतिमा हलेसी नगरपालिकाका प्रमुख विमला राई, स्वास्थ्यतर्फ इन्दिरा शर्मा बराल, उद्यमतर्फ अजिताकुमारी बराल, साहित्यतर्फ पूजा बहार र खेलकुदतर्फ सीमा राउतलाई नगदसहित सम्मान गर्नुभयो । सो अवसरमा सो दैनिकका प्रधान सम्पादक शङ्कर खरेल, सम्मानित व्यक्तित्व तामाकार, चन्द, खडका र नायिका दीपाश्री निरौलाले सम्मानबाट आगामी दिनमा समाज सेवा गर्न थप प्रेरणा प्रदान गरेको धारणा व्यक्त गर्नुभयो । ---

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ