पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले गाउँपालिकामा बढ्दै गएको वित्तीय बोझ कम गर्ने बताएका छन् । सरकारी संरचना नहुँदा भाडाको घरबाट कार्यालयको सेवा प्रभाह गर्दा घरभाडा खर्च बढेको भन्दै अब त्यसलाई कम गर्ने बताएका हुन् ।
बिश्व सञ्चार अनलाइनसंग कुराकानी गर्दै उहाँले पालिका र वडा कार्यालयले भाडाको घरबाट सेवा प्रभाह गरेको बताउँदै अब सरकारी संरचनाबाटै कार्यालयको सेवा प्रवाह गर्ने बताएका छन् । “हामीले बिगत लामो समयदेखि घर भाडा बुझाउदै वडा र पालिका सञ्चालन ग¥यौ । घर भाडामा मात्रै पालिकाको ठुलो खर्च भयो । अब आवासीय भवन र कुम्मायक—४ को प्रशासनिक भवन निर्माण भएको छ । अब त्यही भवनबाट कार्यालय संचालन गरी पालिकाको बित्तीय बोझ घटाउछौँ लावतीले भने ।
यासोक स्वास्थ्य चौकीका संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लावतीले यासोक स्वास्थ्य चौकीमा रहेको भवन खाली भएकाले भाडामा संचालन हुदै आएको नागरिक आरोग्य केन्द्र र स्वास्थ्य शाखा संचालन गर्ने बताए । उनले भने “अब हामीसंग सरकारी संरचना निर्माण भएका छन्। सोही भवनबाट पालिका र वडाको कार्यालयको सेवा प्रवाह गर्न आवश्यक तयारी भईरहेको लावतीको भनाई छ।
.png)