पाँचथर —पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा एमालेको तीन दशक लामो बिरासत भत्किएको छ । तीस वर्षपछि पहिलो पटक एमालेको बिरासत भत्काउदै गठबन्धनले बिजयी सुरुवात गरेको हो । लामो समयपछि कुम्मायक गाउँपालिकामा एमालेले आफ्नो बिरासत गुमाएको छ ।
स्थानीय तहको दोस्रो निर्वाचनमा गठबन्धनका साझा उमेद्धवार कांग्रेसका बम प्रसाद लावतीले एमालेको बिरासतलाई भत्काउदै गाउँपालिका अध्यक्षमा निर्वाचत भएका हुन । उनले एमालेका भीम प्रसाद सम्बाहाम्फेलाई १ सय ५७ मतको अन्तरले पराजित गर्दै लावती बिजयी भएका हुन । लावतीले ३ हजार ५७ मत प्राप्त गर्दा सम्बाहाम्फेले २ हजार ९ सय मत प्राप्त गरेका थिए ।
झिनो मत अन्तरले एमालेलाई हराउदै गठबन्धनको तर्फबाट कांग्रेका बमप्रसाद लावतीले बिजयी हासिल गरेका थिए । त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका महेन्द्र बहादुर खड्का एमालेका उपाध्यक्ष सिता आचार्यलाई ३४ मतको झिनो अन्तरले हराउदै बिजय भएका थिए ।
आचार्यले २ हजार ७ सय २४ मत प्राप्त गर्दा खड्काले २ हजार ७ सय ५८ मत प्राप्त गर्दै ३४ मतको अन्तरले बिजयी भएका थिए । त्यसै गरी वडा नं. १ र २ मा गठबन्धनका उमेद्धवारको प्यानलै बिजयी भएका छन ।
वडा न.३,४ र ५ नम्बर वडामा भने एमालेको प्यानलै बिजयी भएको थियो ।
पाँचथरको ७ वटा स्थानीयतहमा गठबन्धन बिजयी भएको छ । माओवादी केन्द्र एक र अन्य ६ पालिकामा कांग्रेस बिजयी भएको हो । सात पालिका र एक नगरपालिका सहित आठ स्थानीय तह भएको पाँचथरमा ६ पालिकामा गठबन्धनको तर्फबाट कांग्रेस बिजयी भएको छ । त्यस्तै एक पालिकामा माओवादी केन्द्र बिजयी भएको छ । बााकी रहेको फिदिम नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको छ ।
.png)