Comments Add Comment

नेपालले थाल्यो जवाफी ब्याटिङ

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याउन थालेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् । पहिलो ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो । 
स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३,  कुशल मल्लले २,  सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ