Comments Add Comment

कुम्मायक मन्दिर (माङहिम) मा विश्व शान्ति मानव एकताको लागि सप्ताहब्यापी सेवा सम्पन्न (फोटोफिचर)

फागुन १३ 

पाँचथरको कुम्मायक गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल कुम्मायक मन्दिर (माङहिम) मा विश्व शान्तिको लागि फागुन ५ गतेदेखि १२ गते शुक्रवार सम्म संचालन भएको सप्ताहब्यापी सेवा सम्पन्न भएको छ।  विश्व शान्ति मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन ताप्फेक सप्ताहव्यापि सेवा सम्पन्न भएको हो। 

सेवाको उद्धघाटन र समापनमा  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ’सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमाङ पवित्रहाङ्मा साँबाको उपस्थिति रहेको थियो।

कुम्मायक गाउपालिकास्थित प्रसिद्ध धार्मिक स्थल कुम्मायक मन्दिर (माङहिम) मा सेवाभर १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरिएको विश्व शान्ति मानव एकता सेवाका सह-कोषाध्यक्ष महेश कुमार सेर्माले बताएका छन।

सप्ताहाव्यापी कार्यक्रममा देश तथा विदेशका करिव ६० हजार भक्तजनहरु उपस्थित भएको आयोजकले जनाएको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ