रमेश थापा यासोक
यासोक —खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम उत्कृष्ट भएको छ । स्वर्ण जयन्तीको अवसरमा उत्कृष्ट कार्यालयका प्रमुख सुरतलाल चौधरीलाई प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ ।
खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट आयोजना कार्यालयका रुपमा पुरस्कृत भएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतका योजनाहरु आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालित वार्षिक कार्यक्रम र सो को प्रगति एवम् समग्र कार्यालय व्यवस्थापनको आधारमा इलाम उत्कृष्ट भएको हो ।
विभागले स्थापना दिवसको अवसर पारेर उत्कृष्ट आयोजना कार्यालयको प्रमाणपत्र समेत हस्तान्तरण गरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामका प्रमुख सुरतलाल चौधरीले जानकारी दिनुभयो । कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङ गरी तीन जिल्लालाई कार्यक्षेत्र बनाई योजना संचालन गर्दै आएको छ ।
.png)