यासोक—पाँचथरको कुम्मायक गाउँपालिकामा आइतवारदेखि मालपोतको घुम्तिशिविर संचालनमा आएको छ । गाउँपालिकाको समन्वय तथा जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा शिविर संचालन आएको हो । मंसिर ५ गतेदेखि ११ गतेसम्म संचालन हुने घुम्ति शिविरको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले उत्घाटन गर्नुभएको थियो । शिविरको उत्घाटन गर्दै अध्यक्ष चेम्जोङले गाउँ घरमै मालपोत सम्बन्धि सम्पूर्ण सेवा नागरिकले पाएको भन्दै शिविरको खुलेरै प्रशंसा गर्दै उहाँले नागरिकको सेवामा संचालन भएको शिविरलाई गाउँपालिकाले निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सात दिनसम्म संचालन हुने शिविरमा अंशबण्डा, धनिपुर्जा बितरण, नामसारी, बकसपत्र, दृष्टिबन्धकी, भोगबन्धकी, लिखित पारित जग्गाधनिको बिवरण लगायत सम्बन्धी सम्पूर्ण सेवा संचालन हुने जिल्ला मालपोत कार्यालयका प्रमुख बाबुराम पोख्रेलले बताउनुभयो । जग्गा सम्बन्धीको कारोवार गर्न जिल्ला मालपोत कार्यालयसम्म धाउनु पर्ने बाध्यता कम गर्न जिल्लाका सबै स्थानीय तहमा शिविर संचालन गर्दै आएको पोख्रेलको भनाइ छ । शिविरको उत्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष सिता आचार्य, कुम्मायक—१ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती लगायतको सहभागीता रहेको थियो ।
.png)