धनकुटा, २०७९ असार २७ गते ।
जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाँउपालिका ५ घर भई सोही वडाका वडाध्यक्ष रहेका ३१ बर्षीय सन्तोष राईलाई पक्राउ गरिएको छ । राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ बर्षीया महिलालाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको भनि पिडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दरखास्त पेश गरे पश्चात उनलाई गत २५ गते पक्राउ गरिएको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बसन्तपुर ,तेह्रथुमबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर (जवरजस्ती करणी) शिर्षकमा म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको १ नं. प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृतले बिश्वसञ्चार अनलाईनलाई जानकारी गराउनुभएको छ ।
.png)