Comments Add Comment

कुम्मायक गोल्डकपको तयारी अन्तिम चरणमा

मनोज थापा

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा भोलि बाट सुरु हुने कुम्मायक गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ।

कुम्मायक स्पोर्टिङ क्लब यासोक, पाँचथरको आयोजनामा कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा रहेको पृथ्वि. मा.वि. को खेलमैदानमा गोल्डकपको चौथो संस्करण खेल हुनलागेको हो।

आठ वटै स्थानीयतहको सहभागिता पाँचथरको सान, स्थानीय खेलकुद बिकासमा कुम्मायक स्पोर्टिङको अभियान” भन्ने मुल नाराका साथ सञ्चालन हुने खेलको तयारी अन्तिम चरणमा पुगेको आयोजक कुम्मायक स्पोर्टिङ क्लबले जनाएको छ। उक्त प्रतियोगिता २०७९ चैत्र ११ गते देखि १५ गते सम्म संचालन गर्ने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा पाँचथरका ८ वटै स्थानिय तहको सहभागिता रहने छ।

प्रतियोगितामा प्रथम हुने पालिकाले १ लाख ११ हजार १ सय ११, तीन बर्षे रनिङ ट्रफी मेडल र प्रमाण-पत्र, दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैया ट्रफी मेडल र प्रमाण-पत्र, त्यस्तै विधागत तर्फ मेनअफ दि म्याच सेमिफाइनल सम्म प्रति म्याच ३ हजार र फाईनल खेलमा ५ हजार प्रदान गरिने छ। म्यानअफ दि सिरिजलाई १५ हजार प्रदान गरिने छ। त्यस्तै वेष्ट किपिङ ५ हजार, वेष्ट डिफेन्स ५ हजार, वेष्ट मिडफिल्ड ५ हजार, वेष्ट फरर्वड ५ हजार, हाई स्कोरर ५ हजार, र राइजिङ स्टारलाई ५ हजार प्रदान गरिने आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिनुभयो। खेल अवधिभर २० लाख भन्दा धेरै खर्च हुने आयोजकले अनुमान गरेको छ। आमन्त्रण गोल्डकप भएकाले खेलाडीहरुको सम्पूर्ण खर्च आयोजक कुम्मायक स्पोर्टिङ क्लबले व्यहोर्ने छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ