रमेश थापा
पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका चौथो “कुम्मायक गोल्डकप” प्रतियोगिताको उपाधि नजिक पुगेको छ। कुम्मायक गाउँपालिकामा जारी चौथो अन्तर पालिका स्तरीय “कुम्मायक गोल्डपक” प्रतियोगिताको सेमिफाइनल खेलमा कुम्मायक गाउँपालिकालाई १–० को कठिन जित निकाल्दै फाल्गुनन्द गाउँपालिका उपाधि नजिक पुगेको हो।
कुम्मायक–४ स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा फाल्गुनन्दको लागि बिनोद नेम्वाङले निणार्यक गोल गर्दै आफ्नो टीमलाई उपाधि नजिक पु¥याएका हुन। दबावमा रहेको कुम्मायकले निर्धारित समयमा खेलमा फर्कन सकेन। खेलको अन्तिम समयमा फाल्गुनन्द माथी हावी भएको थियो। तर कुम्मायकले महत्वपूर्ण अवसरलाई सदुपयोग नगर्दा हार बोहेर्नु पर्यो ।
उपाधि नजिक पुगेको फाल्गुनन्दले चैत १४ गते मिक्लाजुङ र हिलिहाङ गाउँपालिका बीच हुने सेमिफाइनको खेल पर्खनु पर्नेछ। सो खेलबाट फाइनलमा प्रवेश गर्ने टीम र फाल्गुनन्द गाउँपालिका उपाधिको लागि भिड्ने छन ।
प्रतियोगिताको प्रथम हुने गाउँपालिकाले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उपबिजेता गाउँपालिकाले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन ।
.png)