पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा जारी चौथो “कुम्मायक गोल्डकप” प्रतियोगिताको चौथो दिनको सेमिफाइनल खेलमा मिक्लाजुङ गाउँपालिका बिरुद्ध ६–५ को जित निकाल्दै याङवरकले फाइनलको यात्रा सुरक्षित गरेको छ। कुम्मायक–४ स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा मिक्लाजुङलाई ट्राइब्रेकरमा ६–५ को झिनो अन्तरले हराउदै याङवरकले फाइनलको यात्रा पक्का गरेको हो।
दुबै टीमले खेलको सुरुवाती समयमा गोल रहित बरावरीमा खेलेका थिए। तर दोस्रो हाफमा याङवरकको तर्फबाट सुमन योङयाले २ र जमिन लिम्बूले १ गोल गरेका थिए। दबावमा परेको मिक्लाजुङको तर्फबाट दिपेश बर्देवाले २ र दिपेन आङदेम्बेले १ गोल गर्दै समान ३–३ को बराबरीमा रोकेका थिए। निर्धारित समय बराबरीमा खेलेका दुबै टीमको लागि १५ मिनेट अतिरिक्त समय थप गरिएको थियो। तर कुनै टीमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो। ट्राइब्रेकरमा पाएको अवसरलाई सदुपयोग गर्दै याङवरकले उपाधिका लागि यात्रा शुरक्षित गरेको हो।
प्रतियोगिताको उकृष्ठ खेलाडी याङवरकका टीम क्याप्टेन सुमन योङ्या घोषित भए। उनलाई यासोक क्याम्पसका क्याम्पस प्रमुख तिल बहादुर खवासले नगद सहित कप, मेडल प्रदान गरेका थिए । प्रतियोगिताको चैत १५ गते हुने फाइनल खेल फाल्गुनन्द गाउँपालिका र याङवरक गाउँपालिका बीच हुने आयोजक कुम्मायक स्पोटिङ क्लवका अध्यक्ष रोहन घिमिरेले बताए।
प्रतियोगिताको प्रथम हुने गाउँपालिकाले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। भने उपबिजेता गाउँपालिकाले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन।
.png)