Comments Add Comment

तेह्रथुमको फेदाप गाउँपालिकाले ई–पेमेन्ट सेवा सुरु गरेको छ ।

गाउँपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि ई–पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले बताउनु भयो ।
‘सेवाग्राहीमैत्री सेवामा हामी जिम्मेबार छौं, एकै दिनमा काम सकेर खर्च र समयको बचतका लागि गाउँपालिकाले हरेक सेवालाई प्रबिधि मैत्री बनाउँदै आएको छ’, श्रेष्ठले भन्नु भयो ‘ई–पेमेन्टले चेक काट्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ, कर्मचारीको समय बचत हुने भएकाले अन्य कार्यसम्पादनमा समय दिन पाउनुहुन्छ र जनताको काम छिट्टै हुन्छ ।’

सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाइ सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने लेखाप्रमुख प्रदिप चम्लागाईले बताउनुभयो । 
आर्थिक कारोबारको डे क्लोजिङ हुने भएकाले हिसाब गर्नमा समेत आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने उहाँले बताउनु भयो ।

कार्यालयमा चेक लिनका लागि दिनुपर्ने समय, बैंकमा लाईन बस्नुपर्ने बाध्यता र एउटै चेक नगदमा परिणत गर्ने बेलासम्मका झण्झट उपभोक्तालाई कमी भएको चम्लागाईले बताउनु भयो । 

स्थानीय तहको बजेट तर्जुमा लेखांकन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत यो सेवा सञ्चालन गरिएको छ ।

गाउँपालिकाले भुक्तानी लिन आउने जो–कोहीलाई आफ्नो बैंक खाताको चेकको फोटोकपी कागजातका साथ संलग्न गर्न अनुरोध गर्ने गरेको छ । ‘कागजात पुगेको छ र प्रकृया सबै सकिएका छन् भने भुक्तानीका लागि उपभोक्ताले कुर्नुपर्दैन’ चम्लागाईले भन्नु,भयो । ‘चेक बुकमा उल्लेख भएको खातामा उपभोक्ता कार्यालयमा नभएपनि रकम सिधै जम्मा हुन्छ ।

’ ई–पेमेन्टका लेखा शाखाका कर्मचारीलाई सामान्य तालिम दिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ