रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका-१ स्थीत ओखलढुङ्गामा खोप केन्द्रको स्थापना गरिएको छ। वडाको आर्थिक वर्ष २०७९/०८० को ४ लाख बजेटबाट खोप केन्द्रको स्थापना गरिएको हो। खोप केन्द्रको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले उद्धघाटन गरेका थिए। गाउँमै खोप केन्द्र स्थापना भएपछि आफुहरुलाई खुसी लागेको स्थानीय ज्ञान बहादुर बुढाथोकीले बताए। तर आवश्यक जनशक्तीको व्यवस्थापन गाउँपालिकाले गर्नुपर्ने उनको भनाइ थियो।
उद्धघाटन समारोहमा बोल्दै पालिका अध्यक्ष लावतीले सुरुवाती समयमा खोप केन्द्रको स्थापना गरेको अब अन्य फर्निचर, औषधी र कर्मचारी व्यवस्थापन पालिकाले गर्ने बताए। त्यस्तै कुम्मायक-१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले वडाको भुगोल ठुलो भएको र स्वास्थ्य उपचारको लागि खोप केन्द्रको अभाव भएपछि खोप केन्द्र स्थापना गरेको बताए।
कार्यक्रममा स्थानीय जग्गादाता नरेन्द्र बहादुर सुयेल थापालाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो। उनले खोप केन्द्र स्थापनाको लागि उनले बुबा रत्न बहादुर थापाको स्मृतिमा निशुल्क आठ आना जग्गा प्रदान गरेका थिए। रानीगुफा सामुदायिक स्वास्थ्य इकाई कार्यालयको खोप केन्द्र भवन स्थापना भएसंगै सो क्षेत्रका नागरिक लाभाम्वित हुने स्वास्थ्य इकाई प्रमुख महेन्द्र सुन्दर कार्कीले बताए।
.png)