Comments Add Comment

कुम्मायकको जिम्मेवारी सम्हाल्दै तुम्बापो

रमेश थापा 
पाँचथर
: पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको रुपमा देवी तुम्बापो हाजिर भएका छन । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कार्यरत तुम्बापोले कुम्मायक गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका हुन । त्यस्तै कुम्मायक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र सुवेदी काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका गएका छन । आर्थिक वर्ष २०७८ साल चैत्र १० गते हाजिर भएका सुवेदी पाँच महिनाको बसाइपछि बिदाइ भएका हुन ।

गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी तुम्बापोको स्वागत र सुबेदीको बिदाइ गरेको हो । पहिलो पटक गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको विदाइ र स्वागत गरेर उदाहरणीय प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए । प्रमुख प्रशासकीय अधिकृत रिक्त हुदा बिभिन्न समस्या उत्पन्न हुने भन्दै गाउँपालिकाले एकै पटक स्वागत र बिदाइ गर्न सफल भएको बताए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ