Comments Add Comment

फाल्गुनन्दमा दुई महिने सिलाइ कटाइ तालिम संचालन

रमेश थापा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ नंम्बर वडामा दुई महिने सिलाई कटाई तालिम संचालन भएको छ। गाउँपालिकाको सहयोगमा पारिजात कृषि महिला सहकारी संस्थाले तालिम आयोजना गरेको हो। 
फाल्गुनन्द गाउँपालिकाको चालु आर्थिक वर्षको २ लाख रुपैयाँबाट १० जना महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले तालिम संचालन गरिएको संस्थाकी अध्यक्ष गौरीमाया तामाङले बताइन् । तालिमको औपचारीक रुपमा फाल्गुनन्द ६ का वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेले उत्घाटन गरेका थिए । उनले बिगतमा पनि वडामा बिभिन सिपमूलक तालिम संचालन गरी महिलाहरुको क्षमता विकास गरेको स्मरण गरे। सिप सिकेर आर्थिक आयआर्जनको पाटोमा अघि बढ्न वडाअध्यक्ष आङ्देम्बेले सहभागीहरुलाई आग्रह समेत गरेका थिए।
उत्घाटन कार्यक्रममा महिला वडासदस्य नविना धमला, सोनालीका कुरुम्वाङ र दिपेन्द्र पाख्रिनले सुभकामना मक्तब्य व्यक्त गरेका थिए । गाउँपालिकाले सहकारी संस्थालाई गत आर्थिक वर्षमा १४ थान सिलाई कटाई मेसिन प्रदान गरेको थियो। सोही मेसिनबाट तालिम संचालन गरिएको सहकारी संचालक समिति सदस्य गिता रिजालले बताइन । दुई महिनासम्म संचानल हुने तालिमको सहजिकरण प्रशिक्षक कविता पुलामी मगरले गर्दै आएकी छन।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ