Comments Add Comment

तुम्बेवा अध्यक्ष कप प्रतियोगिता : धनकुटा सहित चार टीम क्वाटरफाइलनमा  

मनोज थापा
यासोक : पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी प्रथम तुम्बेवा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिन चार टीम क्वाटरफाइनलमा प्रवेश गरेका छन। मंगलबार भएको प्रतियोगितामा क्रमशः कुम्मायक गाउँपालिका, सदाम फुटबल क्लब धनकुटा, अरुणीमा फुटबल क्लब मिक्लाजुङ र सञ्जवनी फुटबल क्लब धनकुटा क्वाटरफाइलनमा प्रवेश गरेका हुन। 
प्रतियोगिताको पहिलो खेलमा कुम्मायक गाउँपालिकाले के.वाई.सि.क्लवलाई ७–० को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको छ। दोस्रो खेलमा सदाम फुटबल क्लव धनकुटाले कुम्मायक स्पोर्टिङ क्लव यासोकलाई २–१ को अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
 त्यस्तै सोमवार नै भएको तेस्रो खेलमा भाउन्ने फुटबल क्लव मोरङलाई ३–१ को अन्तरले हराउदै अरुणीमा फुटबल क्लव मिक्लाजुङ क्वाटरफाइनलमा प्रवेश गरेको छ। भने वाकओभर पाएर सञ्जिवनी फुटबल क्लव साँगुरीगडी गाउँपालिका धनकुटा क्वाटरफाइनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा हिलिहाङ गाउँपालिकाबाट खेलाडी सहभागी नभएपछि सञ्जिवनी धनकुटा क्वाटरफाइनमा प्रवेश गरेको हो। 
खेलको उत्कृष्ट खेलाडी कुम्मायकका लोकेन्द्र थापा, सदाम फुटबल क्लवका योगेन्द्र लिम्बू र मिक्लाजुङ  निर्मल राई घोषित भए। उनिहरुलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणीराज खतिवडाले नगद, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
वैशाख ११ गतेदेखि १५ गतेसम्म संचालन हुने प्रतियोगितामा १६ टिम सहभागी छन। प्रतियोगिताको प्रथम टिमले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दास्रो टीमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछ । भने तेस्रो हुने टीमले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ