Comments Add Comment

बैंकको ब्याजदर बिरुद्ध व्यवसायी आन्दोलित 

रमेश थापा 
पाँचथर :- पाँचथरका व्यवसायी बैंकको ब्याजदर बिरुद्ध आन्दोलनमा उत्रिएका छन् । बैंकले ब्याजदरमा मनपरी गरेको भन्दै उनिहरु अन्दोलनमा उत्रिएका हुन । व्यावसायीले प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाउदै बिरोध गरेका हुन । उनिहरुले शान्तिपूर्ण बिरोध ¥याली तथा ज्ञापन पत्र हस्तान्त्रण कार्यक्रमको आयोजना गरी राष्ट्र बैंक र जिल्ला स्तरमा रहेका बैंक तथा बित्तीय संस्थाहरुलाई ज्ञापन पत्र बुझाएका हुन । 


पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष नवराज घिमिरे सहितको टोलिले प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका थिए । आन्दोलनको कार्यक्रम अनुसार एक दिनको लागि जिल्लाका कुनै पनि बैंक तथा बित्तीय संस्थाहरुबाट आर्थिक कारोबार नगर्ने, शान्तीपूर्ण रुपमा विरोध ¥याली गर्ने, नेपाल उद्योग बाणिज्य संघ, प्रदेश र जिल्ला स्थरबाट दबाव सिृर्जना गर्ने जस्ता विरोधका कार्यक्रम गर्दै आएको अध्यक्ष घिमिरेले बताए । बैंक र बित्तिय संस्थाहरुको ब्याजदरका कारण व्यावसाय गर्न समस्या भएको भन्दै आफुहरुले बाध्य भएर बिरोधको कार्यक्रम गर्नु परेको उनको भनाइ थियो ।
बैंकहरुले मनलाग्दी ब्याजदर बढाएर व्यवसायीलाई दुःख दिदा समेत नियामक निकाय मौंन भएको भन्दै व्यावसायी आक्रोस भएका छन । कोभिडको समयमा समेत बैंकहरु नाफामा गएको र त्यसको मारले आजसम्म पनि व्यवसायी टाट पल्टिदै गएको व्यवसायी लक्ष्मण लावतीले बताए । यो अवस्था सरकारलाई थाहा हुदा पनि बेवास्ता गरेको लावतीको भनाइ छ । एकातिर बैंकहरु नाफामुखी हुदै जाने अर्को तर्फ व्यवसायीहरु टाट पल्टिदै जाने अवस्थाको अन्य हुनु पर्ने व्यवसायीको माग छ ।


जिल्लामा साना ठुला गरी दुई जर्दन बढि बैंक तथा बित्तिय संस्थाहरु रहेका छन । तर बैंकको चर्को व्याजदरका कारण व्यावसाय संचालन गर्न कठिनाई उत्पन्न भएको भन्दै सम्बन्धित निकायले आफुहरुको माग सम्बोधन गर्नु पर्ने उनिहरुको माग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ