Comments Add Comment

धनकुटामा चितुवाको आक्रमणमा परी तीनजना घाइते

धरान, ३१ बैशाख । धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

धनकुटाकाे चौविसे गाउँपालिका– ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीन जना घाइते भएका हुन ।  

इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन । मौनाखोला नजिकको जङ्गलमा उनीहरुमाथी चितुवाले आक्रमण गरेको थियो ।

सो आक्रामणमा परेका मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको भने स्थानिय मेडिकलमा उपचार गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ