Comments Add Comment

पत्रकार गौतम पुरस्कृत

रमेश थापा पाँचथर
यासोक- पाँचथर जिल्लामा सकृय रुपमा पत्रकारीता गर्दै आउनु भएका पत्रकार लक्ष्मी गौतम पुरस्कृत हुनुभएको छ । आइतवार फिदिम नगरपालिकाले १० औं नगरसभामा मार्फत गौतमलाई पुरस्कृत गरेको हो । पत्रकारिताका माध्यमबाट नगर क्षेत्रको विकाससँगै सुशासन कायम गर्न भूमिका खेलेको भन्दै गौतमलाई प्रशंसा पत्र सहित पुरस्कृत गरेको हो । 
नगरसभाका प्रमुख अतिथि संघीय सांसद एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ र नगरप्रमुख ओनाहाङ नेम्वाङले १० हजार रुपैयाँ र कदर पत्रसहित सम्मान अर्पण गरेका थिए । फिदिम नगरपालिकाले २०७४ सालदेखि नेपाल पत्रकार महासंघ पाँचथर शाखाको समन्वयमा उक्त पुरस्कार वितरण गर्न थालेको हो । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ