धनगढी, २० मंसिर
धनगढी उप-महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक सूचना जारी गर्दै उप-महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने १९ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो।
उप-महानगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा बिरामी तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपमहानगरद्वारा जारी पत्रमा उल्लेख छ। सेवा लिनका लागि उपमहानगरपालिका वा एम्बुलेन्स चालकलाई ९७६५३२२२४५ मा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।
.png)