पाँचथर/ पुस -१६ स्वास्थ तथा जनसंख्या राज्य मन्त्री भवानी प्रशाद खापुङले कर्णाली प्रदेशका सबै नागरिकहरुले काेराेना बिरुद्वकाे खाेप नलगाउनुकाे कारण पत्ता लगाउन सम्बन्धित सराेकारवालाहरुलाई निर्देशन दिनु भएकाे छ । कर्णाली प्रदेशका १० वटा जिल्लामा अन्य प्रदेशका नागरिकले भन्दा कम नागरिकले मात्र काेराेना बिरुद्वकाे खाेप लगाएकाे भन्ने तथ्यांक देखएकाेले यहांका सबैनागरिकहरुले खाेप लगाउन पाउने वातावरण बनाउन कर्णाली प्रदेशका समाजिक बिकास मन्त्रालयका सचिब कृष्ण प्रसाद काप्रीलाई निर्देशन दिनु भएकाे छ ।
कर्णाली प्रदेशका केहि जिल्लाका स्थानीयतहरुमा अत्यन्तै कममात्र काेराेना बिरुद्धकाे खाेप लगाएकाे तथ्याङ्क स्वास्थ्य मन्त्रालयमा प्राप्त भएकाेले प्रधानमन्त्रीकाे निर्देशनमा प्रदेश नम्बर ६ काे सुर्खेतकाे बिरेन्द्रनगर र प्रदेश नम्बर ७ काे डढेलधुरामा राज्य मन्त्री खापुङ र स्वास्थ मन्त्रालयका प्रमुख बिषेसज्ञ डाक्टर स्याम सन्दर यादब सहितकाे टाेलीले पुस १६ गते बिरेन्द्रनगरमा मुख्यमन्त्री ,सामाजिक बिकास मन्त्रालयका सचिब, सुर्खेत जिल्लाका स्वास्थ्यकर्मीहरु र सराेकारवालाहरु बिच काेराेना खाेपकाे अबस्था र भाबियाेजनाकाे बारेमा छलफल भएकाे टाेलीमा सहभागि राज्यमन्त्रीका प्रेससल्लाहकार भगिस्वर लिम्बुले बताउनु भएको छ।
उहाँका अनुसार राज्यमन्त्री सहितकाे टाेलीले पुष १८ गते डढेलधुरा र पुस १९ गते धनगढीमा पुगेर सराेकारवालाहरु संग छलफल गरी के कसरी काेराेना खाेप लगाउने नागरिककाे सख्या बढाउन सकिन्छ भन्ने बिषयमा सामुहिक छलफल गर्ने छ । भ्रमण टाेलीमा स्वास्थ्य मन्त्रालयका डाक्टर अमुच भट्टचन , डाक्टर केशबराज पण्डित र सचिबालयका पवन थापाकाे सहभागिता रहेकाे छ ।
.png)