Comments Add Comment

जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

रमेश थापा
पाँचथर ।  पाँचथरको फिदिम नगरपालिकामा जिल्ला स्तरीय बृद्धिचाल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समिती र पाँचथर जिल्ला बृद्धिचाल संघको आयोजनामा फिदिम बजारमा जिल्ला स्तरीय बृद्धिचाल प्रतियोगिता हुन लागेको हो। आगामी असार १५ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो। जिल्ला खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता संचालन गर्न लागेको जनाएको छ। प्रतियोगितालाई कोशी प्रदेश बुद्धिचाल संघले प्राविधिक सहयोग गर्ने भएको छ।
विभिन्न चार विधामा हुने बुद्धिचाल प्रतियोगिताका खेलाडीहरुलाई एक लाख ६६ हजार नगद पुरस्कार प्रदान गर्ने खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए। उनका अनुसार खुल्ला अन्तर्गत प्रथमदेखि तेह्रौ स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको क्रमश प्रथम नगद २५ हजार, दोस्रो नगद २० हजार, तेस्रो नगद १५ हजार, चौथो नगद १२ हजार, पाँचौ नगद १० हजार प्रदान गर्नेछ। त्यस्तै छैठौं हुनेले नगद ९ हजार, सातौं नगद ८ हजार, आठौ नगद ७ हजार र नवौ देखि तेह्रौ सम्मले ६ हजारको दरले पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट बयोबृद्धा तर्फ (५५ वर्ष माथि) नगद ६ हजार, उत्कृष्ट जुनियर तर्फ (१६ वर्ष मुनी) र महिला तर्फ प्रथम हुनेले समान ६ हजार पुरस्कार पाउनेछन् । जनप्रतिनिधि तर्फ उत्कृष्ट हुनेले नगद ६ हजार पुरस्कार पाउने मोक्तानले बताए । प्रतियोगिता संचालन गर्न पाँच लाख वढी खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा पाँचथर जिल्ला भरीका १०० जनाभन्दा वढी खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ ।


 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ