रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउपालिकामा कोभिड १९ लगायत विभिन्न महामारी जन्य रोगहरुको रोगथाम तथा निगरानी सम्बन्धी सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा महामारी जन्य रोग र बिपदको समयमा जोखिम न्युनीकरण र रोकथामको उपायको बिषयमा अन्तरक्रिया भएको थियो ।
वर्षासंगै हुने महामारी जन्य रोगहरुको न्युनीकरण गर्दै प्रचारप्रसारमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका थिए । महामारी जन्य रोगबाट बच्न, पानी उमाले वा फिल्डर गरेर मात्र खाने, बाढीपहिरोबाट बच्ने उपायको विषयमा सजग र सचेत हुनुपर्ने तमोर पम्पिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताए । त्यस्तै बिपदजन्य घट्नाहरु घट्न साथ प्रहरीलाई खबर गरी सबै एक जुट भएर राहत र उद्धारको क्षेत्रमा खटिनु पर्ने प्रहरीले जनाएको छ ।
त्यस्तै यासोक बजार क्षेत्रमा अबेवस्थित रुपमा राखिएको पेट्रोल र डिजेल ड्रमबाट आगलागीको जोखिम हुन सक्ने कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । लावतीले यसको उचित व्यवस्थापनसंगै बजारको पेटीमा राखिएका बिभिन्न संरचना असर पु¥याएको भन्दै यसको दीर्घकालीन समाधानको बाटो खोज्नु पर्नेमा जोड दिए ।
यासोक बजारको सिम्रिक होलटमा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्का र शिक्षा शाखाका प्राविधिक साहयक भेषराज थापाले गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–३ का वडाअध्यक्ष बाबुराम कार्की, ४ का वडाअध्यक्ष फगेन्द्र सम्बाहाम्फे, र ५ का वडाअध्यक्ष निर्मलराज घिमिरे, पत्रकार तथा स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
.png)