रमेश थापा
पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । गाउँपालिकाको वडा नं. ७ स्थीत पिपलबोटेमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । स्वास्थ्यको पहुँच बाहिर रहेका नागरिकलाइ समुदायमै स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले उपचार केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ३७ लाखको लागतमा तीन कोठे पक्की भवन निर्माण सम्पन्न गरेको छ । घेराबारा सहितको स्वास्थ्य भवन गाउँपालिका अध्यक्ष वृजहाँङ आङदेम्बेले उत्घाटन गरेका थिए । भवन निर्माणको लागि स्थानीय जग्गादाता देउकुमार नेम्वाङले २ रोपनी जग्गा निशुल्क दान गरेका छन । जग्गादान गर्ने नेम्वाङ परिवारलाई वडा र पालिकाले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।
उत्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, उपाध्यक्ष ठाकुरसिं नेम्वाङ र पालिका अध्यक्ष वृजहाङ आङदेम्बेले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी ढंगबाट सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने जनाएका थिए ।
उत्घाटन समारोहमा जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम फाल्गुनन्द गाउँपालिका ७ नं. वडाअध्यक्ष देउकुमार कुरुम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
.png)