पाँचथर : हालै सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा पाँचथरबाट निर्वाचित बसन्तकुमार नेम्वाङ मतदातालाई धन्यवाद दिन व्यस्त छन । जिल्लाबाट चोथौ पटक प्रतिनिधि सभामा निर्वाचित उनि जिल्लाका आठ वटै पालिकामा भेटघाट कार्यक्रम मार्फत मतदातालाई धन्यवाद दिन व्यस्त भएका हुन । झन्डै एक साता देखि मतदाताको घरदैलोमा व्यस्त हुदै आएका नेम्वाङ भोली शनिवार यासोकमा हुने भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित हुने नेकपा एमाले कुम्मायक गाउँ संगठन कमिटी यासोकले जनाएको छ ।
गाउँपालिकाको यासोक बजारमा हुने कार्यक्रममा सहभागी हुन सबै वडा र टोलमा जानकारी गरिएको गाउँ संगठन कमिटिका अध्यक्ष खगेन्द्र सम्बाहाम्फेले बताए ।

.png)