Comments Add Comment

कुम्मायकका प्यारालाइसिस र क्यान्सर पीडितलाई आर्थिक सहयोग

रमेश थापा
यासोक: पाँचथरको कुम्मायक गाउँपालिकाका प्यारालाइसिस र क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ। गुह्येश्वरी युवा समुहले कुम्मायक– ५ साबिक निगालेका क्यानसर पीडित बीर बहादुर तामाङ र प्यारालाइसिस पीडित दिल माया चेम्जोङलाई आर्थिक सहयोग गरेका हो। 
युवा समुहले संकलन गरेको ४३ हजार रकम दुबै पीडित परिवारलाई हस्तान्त्रण गरेको छ। संकलन गरेको ४३ हजार रुपैयाँ मध्ये क्यानसर पीडित बीर बहादुर तामाङलाई २२ हजार रुपैयाँ सहयोग गरेको छ। त्यस्तै प्यारालाइसिस पीडित दिल माया चेम्जोङलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको व्यवसायी तथा समाजसेवी नरेन्द्र बोहोराले जानकारी दिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ