Comments Add Comment

कुम्मायकमा कानुन विपरित काम नगर्न प्रहरीको आग्रह

रमेश थापा
पाँचथर ः
पाँचथरको इलाका प्रहरी कार्यालय यासोकले कानुन विपरित काम नगर्न आग्रह गरेको छ । नजिकिदै गरेको चाडपर्वको समयमा कुम्मायक गाउँपालिकामा हुने कानुन विपरितका काम रोकथाम गर्न स्थानीयसंग आग्रह गरेको हो । कार्यालयमा भएको चाडपर्व लक्षित सुरक्षा योजनामा सरोकारवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रहरीले यस्तो बताएको हो ।
चाडपर्वको समयमा अप्रिय घट्ना घट्न नदिन यासोक बजारमा होटल र मदिरा व्यवसायिले राति ८ बजेसम्ममा पसल बन्द गर्नु पर्ने, कानुनले बन्देज गरेका जुवा, तास र पैसा हानमार गर्ने खेल खेल्न र खेलाउन नहुने जस्ता बिषयमा स्थानीयलाई सचेत गराएको छ ।
बजारमा पटकाजन्य बस्तुको बिक्री वितरण गर्न नहुने, सवारी साधनले अनिवार्य ट्रफिक नियम पालना गर्नुपर्ने, होटल व्यवसायीहरुले व्यक्तिको बिवरण अनिवार्य राख्नुपर्ने लगायतको बिषयमा सचेत गराएको कार्यालयका नि.प्रमुख टामस कुवँर क्षेत्रीले बताए । उनले चाडपर्वमा सान्ती सुरक्षा कायम गर्दै खुसीका साथ दशै मनाउँन कुम्मायकवासीसंग आग्रह समेत गरेका छन ।
कार्यक्रममा कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरे र कुम्मायक ३ का वडअध्यक्ष बाबुराम कार्की, संघ सस्थाका प्रतिनिधि, कर्मचारी वित्तिय संस्थाका प्रमुख, व्यवसायी, राजनीतिकदलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 
  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ