रमेश थापा
पाँचथर–तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको लिम्बूभाषाको कविता संग्रह विमोचन गरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बूको संग्रह विमोचन गरेकी छन् । कविता संग्रह विमोचन गर्दै मन्त्री गुरुङले सबै खाले साहित्य सर्जकहरुलाई एउटै थलोमा उभ्याउनको लागी स्थानीय सरकारले समेत सहयोग गर्नु पर्ने धारणा राखिन् ।
गद्य र पद्य दुवै शैलिमा तयारी गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन । कविताहरुद्धारा लिम्बू समुदायमा रहेका मौलिकता र विगतका वास्तविकताको भावउदृत गरिएको प्रकाशक तेयुङ लिम्बू यसङ वंशावली संघ नेपालका सचिव बलि तेयुङले जनाए । यो कविता संग्रहले पछिल्लो पिडीका कवितामा रुचि राख्ने साहित्य प्रेमीहरुलाई कविता मोह बढाउन सकोस भन्ने अपेक्षा राख्ने विश्वासको कवि भगिश्वरले बताए । पछिल्लो समय लिम्बु समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्कृती प्रती मोह घट्दै गई रहेको बेला कवि भगिश्वरद्धारा कृति प्रकाशन गर्नु महत्वपुर्ण रहेको मुन्धुम विद तथा लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले बताए ।
लिबू भाषा र लिपीमा पहिलो पटक प्रकाशन भएको थोःक्ला नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेलीमाईती बीच आर्थीक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बू भाषामा थोःक्ला भन्छिन । विगत दुई दशक देखी पत्रकारितमा कृयासिल हुँदै आएका भगिश्वर लिम्बू रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर, पत्रकार महासंघ तेह्रथुमका पुर्व उपाध्यक्ष समेत हुन । कृति देवनारिक र श्री जंगालिपीमा प्रकाशन गरिएको छ । सानै उमेरदेखी साहित्यमा रुची राख्दै आएका कवि लिम्बूले फुटकर कविता हाँस्यव्याङ क्षेत्रमा काम गर्दै आएका छन ।
.png)