Comments Add Comment

पाँचौ त्रिवेणी मिनी म्याराथुनमा मिक्लाजुङका ओसन राई प्रथम

रमेश थापा
पाँचथर–
पाँचथरको फाल्गुनन्द–६ र ७ को संगम स्थल वसाँगुमा पाँचौ त्रिवेणी मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । बिजया दशमीको अवसरमा आयोजना गरिएको प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका–१ का ओसन राई प्रथम भएका छन । प्रथम स्थान हासिल गर्दै राईले नगद ७००५ रुपैयाँ मेडल र प्रमाण पत्र हात पारेका थिए ।
प्रतियोगिताको दोस्र हुदै फिदिम नगरपालिकाका राजन मेयङ्बाले नगद ४००५ मेडल र प्रमाण पत्र हात पारे । त्यस्तै तेस्रो स्थान मिक्लाजुङ गाउँपालिकाकै शमीर कन्दङ्वा भएका छन् । उनले नगद २००५ मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगितामा पाँचथरका ३३ जना सहभागी रहेको त्रिवेणी युवा क्लवका अध्यक्ष यमराज आङ्देम्बेले जानकारी दिए । प्रतियोगिताको बिजेता र उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अथिति फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृर्जहाङ आङदेम्वे, बिषेस अथिति गाउँपालिकाकै नि.वर्तमान अध्यक्ष बीर बहादुर कुरुम्वाङले पुरस्कार बितरण गर्दै शुभकामना  सहित बधाई दिएका थिए ।
त्रिवेणी युवा क्लब नेपाल फाल्गुनन्दले आयोजना गरेको प्रतियोगितामा अन्य छेलो(पःलुङ), भाले जुधाई, हाडी र बेलुन फुटाइ जस्ता कार्यक्रम समेत सम्पन्न भएको क्लबले जनाएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ