Comments Add Comment

अशक्त लावतीलाई पापोहाङ लावती सयङ कोरियाको सहयोग

रमेश थापा 
पाँचथर:
 पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थीत सुब्जानीका सुवितमान लावतीको उपचारका लागि पापोहाङ लावती सयङ दक्षिण कोरियाले सहयोग गरेको छ। शारिरिक रुपमा अशक्त र अपाङगता समेत रहेका लावतीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १ लाख ३४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
दक्षिण कोरियामा रहेका सुन्दरपदम लावती र कृष्ण लावतीको समन्वयमा पीडित परिवारलाई आर्थिक सहयोग जुटेको कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले बताए। सहयोग रकम पीडितलाई हस्तान्त्रण गर्दै अध्यक्ष लावतीले विगत लामो समयदेखि समस्या परेका नागरिकलाई पापोहाङ लावती सयङ दक्षिण कोरियाले सहयोग गरेको स्मरण गरे। उनले आर्थिक रुपमा बिपन्न समुदायका लावतीको उपचारमा सहयोग गर्ने पापोहाङ लावती सयङ दक्षिण कोरियाको प्रशंसा समेत गरेका थिए।
सहयोग रकम हस्तान्त्रण कार्यक्रममा पापोहाङ लावती सयङ केन्दिय उपाध्यक्ष जकेन्द्र लावती, कुम्मायक अध्यक्ष तेज प्रकाश लावती लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।


 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ